(१) समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । तर अध्यक्षको अनुपस्थितिमा सदस्यहरूसँग परामर्श गरी सदस्य–सचिवले समितिको बैठक बोलाउन सक्नेछ ।
(३) समितिको बैठक बस्नुभन्दा कम्तीमा चौबीस घण्टा अगावै सदस्य–सचिवले बैठकमा छलफल हुने कार्यसूची सहितको सूचना सवै सदस्यहरूलाई दिनु पर्नेछ ।
(४) समितिको कुल सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(५) समितिको बैठकको अध्यक्षता अध्यक्षले र निजको अनुपस्थितिमा समितिका उपस्थित सदस्यहरूले आफूमध्येबाट छानेको सदस्यले गर्नेछ ।
(६) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(७) समितिले आवश्यकतानुसार नेपाल सरकारको कुनै कर्मचारी, पदाधिकारी वा अन्य कुनै व्यक्तिलाई समितिको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(८) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गरी राख्नु पर्नेछ ।
(९) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आपैmले निर्धारण गरे बमोजिम हुनेछ ।